saradamavi@gmail.com
Shree Sharada Secondary School श्री शारदा माध्यमिक विद्यालयShree Sharada Secondary School Belauri - 6, KanchanpurBelauri - 6, Kanchanpur
मेनुMenu
भर्ना खुल्योAdmission Open
गृहपृष्ठHome/अध्यक्षको सन्देशChairman's Message

अध्यक्षको सन्देशChairman's Message

कैलाश सिंह विष्ट — अध्यक्षकैलाश सिंह विष्ट — Chairman

कैलाश सिंह विष्ट
  • पदRoleअध्यक्षChairman
अध्यक्षको सन्देशMessage from the Chairman

कैलाश सिंह विष्टकैलाश सिंह विष्ट

प्रिय अभिभावकज्यू, विद्यार्थी भाइबहिनीहरू तथा सम्मानित सरोकारवालाहरू,

हाम्रो विद्यालय केवल पठनपाठन गर्ने संस्था मात्र नभई अनुशासित, सक्षम, नैतिक तथा जिम्मेवार नागरिक उत्पादन गर्ने साझा शैक्षिक थलो हो। विद्यालयको समग्र विकासका लागि शिक्षक, अभिभावक, विद्यार्थी तथा समुदायबीचको सहकार्य अत्यन्त महत्वपूर्ण रहेको छ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षको हैसियतले विद्यालयमा गुणस्तरीय शिक्षा, सुरक्षित तथा समावेशी सिकाइ वातावरण, प्रविधिमैत्री शिक्षण प्रणाली तथा अतिरिक्त क्रियाकलापको प्रभावकारी सञ्चालनमा निरन्तर ध्यान दिइरहेका छौं। विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखी विद्यालयलाई आधुनिक, व्यवस्थित र उत्कृष्ट शैक्षिक संस्थाको रूपमा विकास गर्ने हाम्रो प्रतिबद्धता रहेको छ।

यस विद्यालयको प्रगति र सफलतामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। आगामी दिनहरूमा पनि यहाँहरूको साथ, सहयोग र सुझावको अपेक्षा गर्दछौं।

“गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र उज्ज्वल भविष्य” भन्ने मूल उद्देश्यसहित विद्यालयलाई अझ उत्कृष्ट बनाउने यात्रामा हामी निरन्तर अगाडि बढिरहनेछौं।

Dear Parents, Students, and Respected Stakeholders,

Our school is not only an institution for teaching and learning but also a common educational platform that nurtures disciplined, capable, ethical, and responsible citizens. For the overall development of the school, cooperation among teachers, parents, students, and the community is extremely important.

As the Chairperson of the School Management Committee, I have been continuously focusing on providing quality education, ensuring a safe and inclusive learning environment, promoting technology-friendly teaching methods, and effectively conducting extracurricular activities. With the holistic development of students at the center, our commitment is to develop the school into a modern, well-organized, and excellent educational institution.

I would like to extend heartfelt gratitude to all parents, teachers, staff, students, and well-wishers who have directly or indirectly contributed to the progress and success of this school. We look forward to your continued support, cooperation, and valuable suggestions in the days ahead.

With the core objective of Quality Education, Disciplined Environment, and Bright Future,” we will keep moving forward on the journey of making our school even more outstanding.

कैलाश सिंह विष्टकैलाश सिंह विष्ट
अध्यक्षChairman